नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।
प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए । राजतन्त्रको पक्षमा रहेका युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।