गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय व्यूरोका एकजना सदस्य कलिम बेहेनाले जानकारी दिए ।
मुसिकोट नगरापालिका १ खलंगावाट उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान व्यूरोका वेहेनाले बताए । गोप्य सूचनाका आधारमा बुधवार साँझ सात बजे उनीहरुलाई पक्राउ गरिएको कलिम बेहेनाले जानकारी दिए । अन्तराष्ट्रिय बजारमा १ किलो अफिमको मुल्य १ करोड जतिपर्ने भएपनि नेपालमा भने त्यसको मुल्य निकै नै कम रहेको बताउने गरिन्छ ।
नेपालमा प्रतिकेजी दुईलाखको दरले यसको खरिद विक्रि हुने गरेको प्रहरीले बताएको छ । नेपालको तत्कालको बजार मुल्य अनुसार बुधवार पक्राउ परेको अफिमको मुल्य झन्डै आधा करोड रुँपैयाको छ ।
