काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिलाई भेट गर्नुभएको छ ।
आज विहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटमा प्रधानमन्त्रीले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दुःख सुखमा सधै जापानको साथ रहेको भन्दै दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने वताउनु भयो । प्रधानमन्त्रीले नेपाल जापानको दौत्य सम्वन्ध सुमधुर ढंगले साठी बर्ष पुगेको वताउँदै जापानको तर्फवाट प्राप्त सहयोग र सदभावप्रति धन्यवाद व्यक्त गर्दै नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनका दिशामा अघि बढेकाले आगामी दिनमा पनि जापानको निरन्तर सहयोग र सदभाव रहने विश्वास व्यक्त गर्नु भयो ।