भाद्र १५ दाङ
तुलसीपुरमा आयोजित तिज गित एवं नृत्य प्रतियोगितामा सहभागी २० वटै वडाका महिला दिदि वहीनीहरुले सन्देश मुलक मौलिक तिज गित एवं नृत्य प्रस्तुत गरेका छन् ।
तुलसीपुर नगरपालीका नगरस्तरिय महिला संजालको आयोजनामा भएको तिज विशेष कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका संसदका सदस्य अनारकली मियाले तिजको भाकामा गित गाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा उहाले तिज महिलाहरुको विशेष पर्व रहेको भन्दै यस लाई विकृति रहित तरिकाले मनाउनु पर्ने वताउनु भयो । उहांले महिलाहरुको समाज रुपान्तरण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरु ले समाजमा हुने देखासिकी र वाहिय परम्पराको सिको नगरी आफ्नै देशको परम्परालाई जगेर्ना गर्न समेतसबैमा अनुरोध गर्नु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले हरेक पर्वहरुलाई आफ्नै संस्कृति र परम्परा अनुसार मनाउदै जानु पर्ने वताउनुभयो । उहांले हरितालिका तिजको अवसरमा स्वदेशी संस्कृतिको जगेर्ना गर्ने पर्वको रुपमा विकास गर्नुपर्ने समेत वताउनुभयो ।।