१५ भदौ, काठमाडौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँझसम्म दलहरुबीच सहमति नभए आफ्नो काम अघि बढाउन स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगलाई निर्देशन दिएका छन् ।बुधबार आफ्नो सरकारी निवास बालुवाटारमा अयोगका अध्यक्ष वालानन्द पौडेलसँग भएको छलफलमा प्रचण्डले दलहरुको साझा धारणा बनाउन साँझसम्म अन्तिम प्रयास गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको प्रश्नः ५६५ कसरी आयो ?
त्यसअघि प्रधानमन्त्री प्रचण्डले क्षेत्र निर्धारण आयोगका अध्यक्ष पौडेलसँग प्रस्तावित ५६५ संख्याको आधार खोजेका थिए । जवाफमा आयोगका अध्यक्ष पौडेलले संविधानले दिएको अधिकार स्थापित हुन सकोस् भन्ने उदेश्यले स्थानीय तहको क्षेत्र र संख्या निर्धारण गर्ने पक्षमा आयोग गरेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आयोगको क्षेत्राधिकार अनुसार संख्यामा थपघट गर्न सकिन्छ कि सकिन्न भन्नेबारे पनि चासो राखेका थिए ।
