दीपबहादुर घर्ती
जाजरकोट, १५ भदौ ।
केहि वर्ष पहिले देखि खेति गर्दै आएका भेरीमालिका नगरपालिका ६ भेरेयाँका किसानहरुको टमाटर खेति डडुवा रोगले नष्ट भएको छ । रोग लागेर टमाटर खेती नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् । टमाटरमा लागेको रोगका कारण डाँठ कुहिने, पात झर्ने, दाना कालो भएर कुहिने र झर्ने गरेको किसान पदमबहादुर पुनले वताए ।
रोग लागेर टमाटर, मुला, बन्दा, आलु सिमीमा क्षेती पुर्याएको किसानहरुको भनाई रहेको छ । लाली गुराँस तरकारी समुह र कोशेली तरकारी समुह भित्र रहेर तमाटर खेती गरि रहेका किसानहरु वारीमा लगाएको खेती नष्ट भएपछि निकै चिन्तीत देखिएका छन् । टमाटर खेती टनेल भित्र गर्न खोज्दा टनेल निर्माणमै प्रत्येक किसानको धेरै खर्च भई सकेको हस्त बहादुर पुनको भनाई रहेको छ ।
टमाटर खेतीवाट वढी आम्दानी गर्ने मनसाय राखेका किसानहरुको खेतीका डडुवा रोग लागे पछि रोग नियन्त्रणका लागी कृषि विकास कार्यालयको सिफारिसमा विषादी प्रयोग गर्नुका साथै रोग लागेका पात, डाँठ र विरुवा नै उखेलेर खाल्डो खनेर गाड्दा पनि रोग नियन्त्रण हुन नसकेको ढोल बहादुर घर्तीको भनाई छ । रोग लागेर खेती नष्ट भएका किसानहरु झण्डै ५० घरधुरी रहेको उनको भनाई छ ।