
७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो । अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १६२ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भदौको यस साताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको जानकारी दिनुभयो ।
चितवनमा वैशाखदेखि अहिलेसम्म स्क्रब टाइफसबाट करिब ४०० जनामा गरिएको परीक्षणमा १६२ जनामा सङ्क्रमण भएको पाइएको कोइरालाले बताउनुभयो ।