प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा ४२, अत्तरिया १०६, बुटवल ६२, जनकपुर क्षेत्रीय कार्यालय मातहतका ५६ ग्राहकको लाइन काटिएको छ ।
विराटनगरमा रु २१ लाख ४४ हजार ९६२, काठमाडौँ रु तीन लाख ३० हजार ४७३, नेपालगन्ज रु एक लाख ८६ हजार ४४२, पोखरा रु एक लाख ३२ हजार ३००, हेटाँैडा रु ३४ लाख ४९ हजार ६२८, अत्तरिया रु १९ लाख ४९ हजार २६३, बुटवल रु १० लाख ७७ हजार ४७३, जनकपुर रु २३ लाख ३६ हजार ९५२ रकम उठ्न बाँकी रहेको छ ।
समग्रमा रु १९ करोड २५ लाख ३८ हजार ६०७ रकम उठ्न बाँकी रहेको छ । पछिल्लो पटक लाइन काट्ने अभियान सुरु भएपछि आजसम्म रु छ करोड २२ लाख सात हजार ६२७ रकम उठेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । प्राधिकरणले यही भदौ ३ गतेदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको हो ।