Indrenionline.com

धर्नामा तिज विशेष कार्यक्रम गरिने

दाङ, १५ भदौ ।
दाङको धर्नामा तिज विशेष कार्यक्रम गरिने भएको छ । विष्णु आर्टसेन्टर घोराही दाङको आयोजनामा यहि १७ गते मावि धर्नामा कार्यक्रम गर्न लागिएको हो ।teej

पछिल्लो समय तिजका गीतमा देखिएकोविकृतिर विसंगतीलाइ हटाउँदै वाव अधिकार, महिला अधिकार, स्वास्थ्य सचेतना र सरसफाइ सम्वन्धि गीत, नृत्य र साहित्य मार्फत जागरण फैलाउने पत्रकार विष्ण आर्टले जानकारी दिनुभयो ।

यसैवीच, केहि महिनापछि धनाए गाविसलाई वालमैत्री गाविस घोषणा गरिदैछ । वालमैत्री गाविसका लागी वालवालिकाहरुलाई रचनात्मक, सृजनात्मक सन्देश दिदै उनीहरुको व्यक्तित्व विकासका लागी पनि सेन्टरले नेतृत्व विकास तालिम गर्दै आएको छ ।।