प्रजातन्त्र आएको २७ वर्षको अवधिमा २४ वटा सरकार परिवर्तन भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष थापाले प्रश्न गर्नुभयो । उहाँले पार्टी कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।
सो अवसरमा महामन्त्री धवलशमशेर राणा, पार्टी सहनेता तथा पूर्वमन्त्री रामकुमार सुब्बा, सहमहामन्त्री सुशीलकुमार श्रेष्ठ, शत्रुघन यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।
