दाङ, १५ भदौ ।
दाङको सौडियार गा.वि.स.का महिलाहरुले तिज गित मार्फत लैंगिक हिँसा न्यूनीकरण गर्न आग्रह गरेका छन । महिला सञ्जाल सौडियारको
आयोजना तथा सौडियार गा.वि.स.को सहयोगमा सञ्चालित लैंगिक हिँसा न्यूनीकरण सम्वन्धि तिज गित प्रतियोगितामा सहभागी प्रतियोगीहरुले यस्तो बताएका हुन ।
सञ्जालकी उपाध्यक्ष कुन्ता सिजवालको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगिताको निर्णायकमा पत्रकार बिमल योगी र पशु
सेवा केन्द्रका प्रमुख श्रीधर अधिकारी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सभापती कर्णबहादुर बुढाथोकी,नेकपा एमालेका अध्यक्ष थुरेन्द्रबहादुर ओली,वडा नागरिक मञ्चका संयोजक सुशिला चौधरी,पूर्णबहादुर रोका,महिला सञ्जालका सल्लाहकार पद्मा आचार्य,जागृती महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिरा योगी,जनभावना सामुदायिक बनका अध्यक्षn खोपेन्द्रराज शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले तीजको भाकामा नाचगान गरेका थिए भने सहभागीलाई दर पनि खुवाइएको थियो । कार्यक्रमको सहजीकरण सञ्जालका सहसचिव सुशिला बिष्टले गर्नुभएको थियो ।।