ओमप्रकाश गुप्ता
सिसहनियाँ १४ भदौ ।
देउखुरीको लालमटिया ८ मसुरियामा भोली बुधवार हुने खुल्ला तीज गित प्रतियोगिता को सम्पुर्ण तयारी पुरा भएको छ ।
भोली विहान ११ बजे देखि घण्टदेव सामुदायिक वनमा हुने कार्यक्रममा मोडेल कलाकारहरु भरत वली, शोना क्षेत्री, हेमन्त पाण्डे र गायक सुनिल पुन मगरको पनि विषेश प्रस्तुती रहने कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । साथै कार्यक्रम संयोजक गुप्ताले कार्यक्रममा सम्पुर्ण देउखुरीबासी लाई उपस्थितिका लागि अनुरोध समेत गर्नु भउको छ ।।