तुलसीपुर १४ भदौ । क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान अन्तर्गत आज दोश्रो हप्ताको सरसफाई सम्पन्न भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको आयोजना तथा तुलसीपुरका बिभिन्न संघसंस्थाहरुको सहकार्यमा शुरु भएको अभियान अन्तरगत आज नगरजेसिजको अगुवाईमा खानेपानी चौक देखि वाहीनी चौक सम्म र घोराही चौक देखि रौनियार चौक सम्म सरसफाई गरी गरिएको छ ।