इन्द्रेणी संवाददाता
रोल्पा १४ भदौ । भारतको सिमलामा हिम पहिरोमा परि रोल्पाका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । गएको शुक्रबार भारतको सिमलामा हिम पहिरोमा परी रोल्पा तालाबाङ-४ रिजाबाङ घर भई विगत १५ वर्षदेखि सपरिवार भारतको सिमलामा बस्दै आएका ४५ बर्षीय लक्षिराम पुनमगर, उहाँकी श्रीमती ४२ वर्षीया देउकली पुन, १२ बर्षीय छोरा कर्णबहादुर पुन , १० वर्षीया छोरी अनिता पुन , ७ बर्षीया छोरी सुनिता पुन र ५ बर्षीय छोरा काकु भनिने सुरज पुनको मृत्यु भएको दाङको तुलसीपुर ५ निवासी मृतक देउकली पुनकी बहिनी पार्वती पुनले जानकारी दिनुभयो ।