डाक्टरको लापरबाहीका कारण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गर्बवती महिला र बच्चाको मृत्यु भएपछि आज प्रसुति सेवा प्रभाबित भएको छ । आफन्तले अस्पतालमा धर्ना दिएका छन् । अहिले अस्पताल प्रशासन र मृतकका आफन्तहरु बिच छलफल भएको छ ।
सोमबार दाङको हेकुली २ पदमपुर निवासी २६ वार्षिया विमला न्यौपाने र उनको गर्भमा रहेकी छोरीको मृत्यु भएको हो । अस्पतालको चरम लापरबाहीले आमा र शिशुको मृत्यू भएको पिडित पक्षको आरोप छ । त्यहि बिषयलाई लिएर आज पनि अस्पताल तनाव ग्रस्त छ ।
हिजो सोमबार राती सम्म अस्पताल प्रशासन र पिडीत पक्ष विच बार्ता हुदा पनि कुनै सहमति हुन सकेन् । उनीहरुले मृतकको शब भने हिजो राति नै बुझि सकेका छन् । यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भोलाराम श्रेष्ठले पिडितको चित्त नबुझे न्यायका लागि अन्य निकायमा जान पनि आग्रह गरेको जनाएका छन् ।