
‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ,’ खाँडले भने । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरुको संख्या बढाउनुपर्ने बताएका छन् ।
राष्ट्रसंघका उपमहासचिव खेरसँग सोमबार भएको भेटमा प्रधानमन्त्रीले नेपाली सेनाले राष्ट्रसंघ शान्ति मिसनमा कार्यरत रही विश्वका कठिन ठाउँहरुमा शान्ति स्थापनामा गरेको महत्वपूर्ण योगदानको मूल्यांकन गर्दै नेपाली सेनाको संख्या बढाउनुपर्ने धारणा राखेका हुन् ।