Indrenionline.com

आर्थिक सबृद्धिका लागि नयाँ शक्ति : डा. चौधरी

नयाँ शक्ति नेपाल प्रदेश नंबर ५ का संयोजक डा. सुरेन्द्र चौधरीले देशको आर्थिक सम्बृद्धिमा नयाँ शक्तिको  भुमिका महत्वपुर्ण हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संयोजक चौधरीले देशमा आर्थिक सबृृद्धि ल्याउन नयाँ निति नियम बनाएर अगाडि बढनु पर्ने बताएका थिए । उनले नयाँ शक्ति नेपालले पुराना राजनितिक दलले गरेका भन्दा फरक ढंगले देशको बिकासमा अगाडि बढने लक्ष्य लिएको बताए । 14182692_595399673981297_2011573216_n

उनले भने ‘ अरु पुराना राजनितिक दलहरु पुरानै ढंगबाट चलेका छन् त्यसरी देश बिकास सम्भब छैन् , देश बिकास गर्न नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने अपरिहार्य छ । ’ उनका अनुसार नेपालका लागि नयाँ शक्ति केही नयाँ भएपनि संसारमा भने यस अघि नै नयाँ शक्तिले देश सम्बृद्धिको मार्गमा ल्याईसकेको उनले जानकारी गराए । नयाँ शैलीबाट अगाडि बढेका केही देशहरु छोटो समयमै बिकसित भएको उदाहरण दिदै उनले  नेपाललाई पनि त्यसरीनै बिकास गर्न नयाँ निति आबश्यक भएको उनको तर्क थियो ।  बिकास र प्रबिधिको तीब्र बिकास भईरहेको समयमा अब नयाँ प्रबिधिबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

उनले लोकतन्त्रको बैकल्पिक बिद्यिबाट मात्रै देशलाई आर्थिक सम्बृद्धिमा ल्याउन सकिने पनि बताएका थिए । ‘ उनले भने लोकतन्त्रले मात्रै पनि देश आर्थिक सम्बृद्धिको मार्गमा जान सक्दैन् त्यस्का लागि लोकतन्त्रको बैकल्पिक बिद्यि उपनाउनु पर्छ । ’ उनका अनुसार देशको मुहार फेर्न मुलुकमा प्रत्यक्ष लोकतन्त्र , सहभागीता मुलक लोकतन्त्र , देशको कार्यकारी प्रमुखलाई जनताले प्रत्यक्ष चुन्न पाउने ब्यबस्था हुनुपर्छ ।

क्लबका अध्यक्ष शरद रेग्मीको अध्क्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सयोजक डा।चौधरीले नयाँ शक्ति खोलेर मात्रै देश आर्थिक सम्बृद्धिको मार्गमा नजाने भन्दै नयाँ शक्तिले पुराना राजनीतिक दलले गर्न नसकेको काम गरेर देखाउने पनि प्रतिबद्धता जनाएका छन् ।  उनले देशको सम्बृद्धिका लागि नयाँ शक्ति नेपालले अभियान चलाउने र यसमा अन्य दलको पनि साथ र सहयोग आबश्यक पर्ने उनको भनाई थियो ।  साथै नयाँ शक्ति नेपालका संगठनहरु तीन महिना सम्म गाउ गाउमा बिस्तार गर्ने अभियान संञ्चालन गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य हरि रिजालले गरिबी मुलुकलाई धनि बनाउने लक्ष्यका अगाडि बढने जनाएका छन् । नयाँ शक्ति नेपाल नयाँ सोच र  जाँगर भएकाहरुको पार्टी भएको रिजालको भनाई थियो । पत्रकार संगीत बस्यालले स्वागत गरेको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष बालाराम खड्काले गरेका थिए ।