धुर्वराज न्यौपाने
गुरु जजुर उमावि रक्षाचौरमा आज एक कार्यक्रमका विच कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२मा अध्ययनरत विद्यार्थी राजन भुषाल को सभापतित्व तथा शिक्षक अभिभावक सघंका अध्यक्ष सुरविर वलीको प्रमुख आतिथ्यता एवं विद्यालयका सहायक प्रधानाध्यापक गोपाल बुढाथोकिको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
उहाँले गुरु जजुर उच्च माविले सदैव बिद्यार्थिहरुको भावना वुझेर अगाडि वढ्ने भन्दै बिद्यालयको नियम र अनुसासनका साथ पठन पाठन गरे सफल भईने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी वलीले गुरु जजुर शिक्षा प्रदान गर्ने पवित्र स्थान भएकाले विद्यार्थीहरुलाई अनुशाशित र लगनशिल भएर अध्ययन गर्न सुझाव दिनुभयो । साथै आउदै गरेको हरीतालिका तिज को पावन अवसरमा सवैलाई शुभकामना दिदै तडक भडक नगरी सभ्य रुपमा तिज पर्वलाई मनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा तथा मानविकी संकायका कोर्डिनेटर प्रमोद कुमार न्यौपान, विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधी लेवेन्द्र केसी,शिक्षीका सुशिला सुवेदि लगाएतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका लेखापाल धु्रवराज न्यापानेले समसामयिक विषयवस्तुलाई उठान गरी गजल प्रस्तुत गर्नभएको थियो भने विद्यार्थीहरु पृथ्वी नारयाण केसी,तेन्जीङ पुन ,ज्ना वली ,फुलमाया रेउले,तिला राणा लगाायतले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्नेलाई नगद पुरस्कार सहित प्रोत्साहन समेत गरिएको थियो । विद्यार्थी वविता जैशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नन्दलाल वलीले गर्नुभएको थियो ।