
श्रीमान प्रधानसम्पादक ज्यू !
इन्द्रेणी अनलाइन डटकमको कार्यालय घोराही दाङ।
विषय : समाचारको खण्डन गरिपाँउ।
महोदय,
उपरोक्त सम्बन्धमा यस अनलाइनबाट मिति २०७३/५/८ गते त्यस अनलाइनमार्फत भूमिसुधार कार्यालय दाङका रिटार्यड कर्मचारी दलाली भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति खण्डन गर्दछु । म भूमिसुधार कार्यालय दाङबाट पदबाट रिटार्यड कर्मचारी हुँ, म अवकास भएपछि मैले अवकासको मितिबाट एउटा स्वतन्त्र नागरिक भएको हुँदा मैले रोजीरोटीका लागि प्राईभेट रुपमा काम गर्न नपाउने भन्ने कुनै कानुनले मलाइ रोकेको छैन । म घरमा बस्नु भन्दा कुनै काम गरौ भनि सोचि लम्साल ल फर्मका प्रोपाइटर अधिवक्ता श्री मेघराज लम्सालसंग मलाई सहयोगीको रुपमा राख्नु पर्यो भनि अनुरोध गरेपछि निजले पनि सहयोगीको रुपमा मलाई राख्न मन्जुर गरि मिति २०७३ साल बैशाख २ गते देखि लम्साल ल फर्ममा सहयोगीको रुपममा काम गरि आएको छु ।
मैले काम गरेको देखि कोही कसैलाई डाहा भै कोही व्यक्तिले मेरो चरित्र हत्या गर्ने उदेश्यले नभएका नगरेका कुराहरु लेखि सोही कुरालाई विश्वासमा परि यस अनलाइनमा समाचारदाता श्री गोविन्द खड्का ज्यूले समाचार दिई सो समाचार प्रकाशित भएको गरेको हुँदा मैले लम्साल ल फर्मबाट लेखेको मस्यौदा गरेको कागज मिसिल फाइलहरु सम्बन्धित कार्यालयमै मै सेवाग्राहीहरुलाई काम गराई दिएको हुँ ।
मैले वकिलको सहयोगीको रुपमा काम गरेको छु, मैले प्राइभेट फर्ममा काम गर्न नपाउने भन्ने कुनै कानुनले बन्देज लगाएको छैन, मैले कुन सेवाग्राहीकोे काम गर्नलाई बाधा अड्चन पारेको छ, सो समेत केही नखोली अफिसका कुन कर्मचारीलाई काम गर्न अप्ठ्यारो पारेको छ ? सो पनि उल्लेख नगरि मेरो रिस डाहा गर्ने केही व्यक्तिको भानाइ बमोजिम मेरो चरित्र हत्या गर्ने उदेश्यले प्रकाशित भएको समाचार खण्डन गरि पाउनलाई यो प्रतिक्रृया पेश गरेको छु, अतः खण्डन प्रकाशित गरिपाँऊ ।
श्रीमन गौतम
त्रिपूर नगरपालिका ४ दाङ