दाङ, १३ भदौ ।
अखिल क्रान्तिकारी र प.प.न.उमा.वि.भरतपुरवीच विभिन्न सहमति भएको छ । पद्यमोदय प्रशानसंग विभिन्न माग राख्दै आएको सो संगठनले हिजो विद्यालय प्रशासनवीच भएका सहमतिहरु कार्यान्वयन गर्न गरीएको पटक पटकको आग्रह र सहमतिलाइ अटेर गरी विद्यालय प्रशासन आफुखुसि अगाडि बढेकाले भन्दै क्याम्पसमा तालावन्दी गरेको थियो ।
अखिल (क्रान्तिकारी) दाङ र प.प.न.उ.मा.वि.भरतपुर दाङबिच वार्ता भएपछि आवश्यकता भन्दा बढि ल्याव शुल्क नलिने र लिएको फिर्ता गर्ने अनि सहमति भएको सो संगठनका दाङ जिल्ला अध्यक्ष हेमन्त जिसीले जानकारी दिनुभयो । साथै अन्य विद्यार्थी संगठनहरुसंग गरीएको सहमतिहरु कार्यन्वयन गर्ने र वाँकि नयाँ विद्यालय व्यवस्थापन समिति र अभिभावक भेलाले गर्ने सहमति भएको छ ।।