Indrenionline.com

गाँउगाँउ पुग्दै लागुऔषध दुव्यर्सनी न्यूनिकरण अभियान

दाङ, १३ भदौ
जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सन न्यूनिकरण अभियान गाँउगाँउसम्म पुग्न थालेको छ । अभियान सञ्चालन भएको करिब २ महिनामा नै गाँउगाँउसम्म पनि सचेतना कार्यक्रम हुन सुरु भएको छ । बजार क्षेत्रमा धेरै दुव्यर्सनी हुने गरेको भएपनि गाँउमा पनि कुनै लागुऔषध सम्वन्धी समसया नदेखियोस् भनेर गाँउसम्म अभियान पु¥याईएको सामुदायीक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले जानकारी दिनुभयो । यसैक्रममा उच्च मावि डाडागाँउ गोग्लीमा आज लागुऔषध दुव्यर्सन न्यूनिकरणसम्वन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।gogliसाथैक युवा क्लब गोग्लीले विभिन्न संघसंस्थाको समन्यवयमा आयोजना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागु औषध भनेको के हो, दुव्यर्सनी बन्नुका कारण, यसका लक्षण, बच्ने उपाय, कानुनी व्यवस्था लगायत नेपाल प्रहरी, सामुदायीक प्रहरी, प्रहरी मेरो साथी अभियानका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उच्च मावि डाडागाँउ गाग्ली, डिभाईन बोडिङ स्कुल, सगरमाथा बोडिङ स्कूलका करिब २ सय बढि विद्यार्थी एवं शिक्षक तथा स्थानीय युवाहरुको सहभागीता रहेको थियो ।

सार्थक युवा क्लबका अध्यक्ष किशन सुवेदीको अध्यक्षता एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्यबहादुर थापाको प्रमुख आतिथ्य तथा उच्च मावि डाडागाँउ गोग्लीका प्राचार्य सतिषकुमार आचार्यको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा कांग्रेस लक्ष्मीपुर ईकाई सभापति युवराज आचार्य, सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतल, दाङ शोसाईटि क्लबका अध्यक्ष लेखनाथ बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो । वडा प्रहरी कार्यालय घोराही, सामुदायीक प्रहरी सेवा केन्द्र दाङ, दाङ शोसाईटि क्लब, प्रहरी चौकी गोग्ली, सुनलक्ष्मी ट्रान्सपोर्ट गोग्लीसँग्को समन्वयमा आयोजना गरिएको कार्यक्रमको बारेमा दाङ शोसाईटि क्लबका उपाध्यक्ष उमाकान्त भण्डारीले जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण सार्थक युवा क्लबका सचिव गिरबहादुर महराले गर्नुभएको थियो ।