इन्द्रेणी संवाददाता
घोराही, १३ भदौ ।
कालिका सामुदायिक वन उपभोक्ता समूह घोराही–६ को २१ औं साधारणसभा शनिवार पिपलखालीमा सम्पन्न भएको छ । समूहका अध्यक्ष सम्झना घर्तीको अध्यक्षतामा भएको साधारणसभाले समूहको काम कारवाही हेर्न अनुगमन समिति गठन गरेको छ ।केशर रावतको संयोजकत्वमा गठित समितिमा तुलसीराम बुढा, बुद्धिराम बुढा, विजया विक र पत्रकार अमरराज आचार्य र हनुभएको छ ।
बाटोमा खुला मुहान भएकाले फोहो र बगाउने र पाइपबाट धारामा आउने गर्छ । त्यसले समय–समयमा छाला चिलाउने , दाग आउने, पखाला लाग्ने जस्ता समस्या देखापर्छन् । त्यसबाट छुटकार ा पाउन वनले पानीका मुहान संर क्षणमा लगानी गर्ने भएको हो ।।