प्रकाश वली
दाङ, १३ भदौ ।
विप्लव निकट अखिल क्रान्तिकारी दाङले समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय अभियान अन्तर्गत आज सरस्वती उच्च मावि चरकमटीयामा विभिन्न कमिटी गठन गरेको छ । कक्षा ९ मा इश्वर्या डाँगीको अध्यक्षतामा १ सय तीन सदस्यीय कक्षा इकाई कमिटी गठन गरेको छ ।
यसैगरी कक्षा १० मा रजनी वस्नेतको अध्यक्षतामा १ सय १८ सदस्यीय इकाइ कमिटी, सन्तोष वस्नेतको अध्यक्षतामा १ सय १ सदस्यीय मावि स्तर र विष्णु केसीको अध्यक्षतामा ३५ सदस्यीय मावि स्तरको मुल इकाइ कमिटी गठन गरिएको अभियान टोलीका प्रवक्ता तथा सो संगठनका दाङ जिल्ला सदस्य प्रकाश वलीले जानकारी दिनुभएको छ ।
मावि स्तरीय कमिटीको उपाध्यक्षमा रजनी वस्नेत, हेमन्त विक, नवराज खड्का, सरिता नेपाली, सचिवमा प्रमोद रोका, सहसचिवमा सन्तोष रावत, यमप्रकाश शर्मा, टिका वली, ढाकावीर रोका र कोषाध्यक्षमा अजय विक रहनुभएको छ । यसैगरी मावि स्तरीय मुल कमिटीको उपाध्यक्षमा दिलकुमारी राना, सचिवमा मोहन विक, सहसचिवमा रोहित विके, र्निमला थापा, दर्शना थापा र कोषाध्यक्षमा पीना केसी रहनुभएको छ ।
विष्णु केसीको अध्यक्षता तथा अभियानका संयोजक तथा जिल्ला सचिव मदन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विभिन्न कमिटी गठन गरिएको हो । सो अवसरमा जिल्ला सचिवालय सदस्य हेमन्त प्रकाश वली, सन्जय डिसी, प्रकाश वली लगाएतले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।।