काठमाडौं,१३ भदौ । शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, ‘तपाईहरुका कुरा सुनें । यसबारे शिक्षा मन्त्री र शिक्षा सचिवसँग थप छलफल गर्नेछु ।’