काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिनुभयो । भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राख्नुभएको थियो ।