घोराही, १३ भदौ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ, आइडिइ नेपाल, रुपान्तरण र रिमस् नेपालको साझेदारीमा र युएसएआइडीको आर्थिक सहयोग दाङको दश गाविसमा सञ्चालन भइरहेको जलवायु परिवर्तन अनुकलनका प्रयास कार्यक्रमको अनुगमन गरिएको छ । कार्यक्रम अन्गर्तत गाविस मध्ये रामपुर गाविस वडा नं. ९ सिमलतारामा निर्माण गरिएको वहुउद्देशीय पानी प्रणाली खानेपानी ट्याङकीको स्थलगत अनुगमन गरिएको हो । उक्त ट्याङकीबाट अहिले सिमलताराका ५५ घरधुरि प्रत्यक्ष लाभान्वित छने भने २० विघा भन्दा वढिमा सिचाई भइरहेको छ । उक्त सिचाईबाट विभिन्न बेमौसिक तरकारी खेति गरि व्यवसाययी गरिरहेको स्थानिय तिलक आलेले जानकारीदिनुभयो ।
उक्त ट्याङकीको अनुगमनमा निमित्त स्थानीय विकास अधिकारी वासुदेव आचार्य, जिल्ला वन कार्यालय दाङका प्रमुख सुर्यकान्त सिक्देल, जिल्ला विकास समितिका समाजिक विकास अधिकृत वालकृष्ण खनाल, जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख जगतकुमार सिंमखडा, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानि चौधरी, परियोजनका अविशेक भटटराइ, जिल्ला परियोजनाका संयोजक किशोर गन्धर्व, परियोजनाका कार्यक्रम संयोजक कालिदाश चौधरी लगायतको सहभागिता रहेकोथियो ।
यसैगरि जिल्ला परियोजना सल्लाकार समितिको वैठक सम्पन्न भएको छ । निमित्त स्थानीय विकास अधिकारी वासुदेव आचार्यको अध्यक्षतामा भएको बैठकमा जिल्लामा सञ्चालन भइरहेको जलवायु परिवर्तन अनुकसलनका प्रयास कार्यक्रम उपललब्धिमुलक भएको बताएकाथिए । कार्यक्रममा जिल्ला विकास समितिका समाजिक विकास अधिकृत वालकृष्ण खनाल, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानि चौधरी, परियोजनका अविशेक भटटराइ लगायतले बोल्नुभएकोथियो ।।