दाङ, भाद्र १२ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको राप्ती अंचल स्तरीय खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ३ को उपाधी सुप्रीया पाण्डेले चुमेकी छिन् । शनिबार घोराहीमा आयोजना गरिएको फाइनल कार्यक्रममा उनले महिला हिंसाको विषयवस्तु समेटी निकै भाव पूर्ण नृत्य प्रस्तुत गरेकी थिइन् । उनले स्टारको उपाधी सहित नगद रु. ५० हजार, ट्रफी, मेडल प्राप्त गरेकी थिइन् ।
प्रतियोगितामा अस्मिता गिरीले द्वितीय र सुप्रिया देवकोटाले तृतीय स्थान प्राप्त गरेका थिए । उनीहरुलाई क्रमशः १५ हजार र १० हजार नगद सहित उपहार प्रदान गरिएको थियो । त्यसैगरी प्रभा अधिकारीले रु. ५ हजार नगद सहित सान्तवना स्थान हासिल गरेकी थिइन् । प्रतियोगितामा अनुशापुन, सपना भण्डारी, सन्ध्या अधिकारी, दक्षिणा सिंह, निर्मला पुन, करिना डाँगी, सुष्मा केसी रअभिसा शर्माले विशिष्ट प्रतिभा अवार्ड प्राप्त गरेकाथिए । त्यसैगरी सुप्रीय देवकोटाले उत्कृष्ट प्रतिभा अवार्ड, जेलिसा चौधरीले अनुशासन अवार्ड र नरेन्द्र चौधरीले वेस्ट पफर्ममेन्स अवार्ड प्राप्त गरेकाथिए ।