
किराले वाली नष्ट हुने भएपछि किसानहरु मर्कामा परेका छन् । थालारैकर गाविसको वडा नं.४ सल्लेरी टोलको सिमाखेत र सिमा गाविसको वडा नं. ३ ताङ्गामा क्याटर पिलर समुह भित्र पर्ने लोपोफोरा केम्पका जातको किराले पातहरु खाएर धानवाली नष्ट गरेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
थालारैकर गाविसमा ६० देखि ६५ र सिमा गाविसमा झण्डै ३० रोपनी वरावरको जग्गामा गरिएको खेतीबाली नष्ट गरेको अधिकृत ओली बताउनुहुन्छ । किरा नियन्त्रणका लागि औषधिहरुको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ ।