घोराही । नेपाल तरुणदल दाङको वैठक शनिवार बस्यो । तरुणदल दाङका अध्यक्ष टिका घर्तीको अध्यक्षतामा वैठक भएको हो । वैठकले तरुण दल नेपालको यही भाद्र २४, २५ र २६ गते पोखरामा हुन लागेको महाधिवेशन भव्य रुपले गर्नका लागि अध्यक्ष टिका घर्तीको संयोजकत्वमा आर्थिक व्यावस्थापन समिति गठन गरिएको छ ।
साथै विज्ञप्तीमा नेपाल विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन वाट विभिन्न पदमा निर्वाचित विद्यार्थीहरु नेताहरुलाई बधाई ज्ञापन गरेको उल्लेख छ । बैठकले नेपाल तरुण दलका प्रदेश न। ५का ललिज जंग शाहको हजुर वुवा असामयिक दसखद निधन प्रति समेत समवेदन प्रकट गरेको छ ।