रेडियो पाठशाला पुनः प्रशारणमा आएको छ । चट्याङले गर्दा बिगत एक महिना बन्द रहेको रेडियोको प्रबिधिमा सुधार आएसंगै शनिबार देखी पुनः प्रशारणमा आएको रेडियोका स्टेशन मेनेजर बामदेव देवकोटाले जानकारी दिए । रेडियो पाठशाला १०४ मेघाहर्ज मार्फत तुलसीपुर टिक्रापातु ४ सल्यान रोडबाट प्रशारणमा आईरहेको छ ।
अब रेडियोलाई नयाँ ब्यबस्थापनका साथ थप सशक्त बनाएर लैजाने स्टेशन मेनेजर देवकोटाले प्रतिबद्धता जनाएका छन् । रेडियोले दबाईएका, छुकिछिपी रहेका तथा आवाज बिहिनका आवाजलाई थप सशक्त बनाउदै लैजाने मेनेजर देबकोटाले बताए । रेडियोले आईतबार देखी प्रत्यक घण्टामा समाचार प्रशारण गर्नुका साथै नियमित कार्यक्रम प्रशारण गर्ने मेनेजर देवकोटाले जानकारी दिए ।