तुलसीपुर, ११ भदौ ।
नेपाल नेत्रज्योति संघ दाङ अन्र्तगत सञ्चालन भएका यहाँका आँखा अस्पताल तथा उपचार केन्द्रहरुले सन २०१६ को ६ महिनामा एकलाख ३० हजार ३ सय ३३ जना आँखाका विरामीहरुलाई सेवा दिएको बताएको छ । सन २०१६मा एक लाख ८७ हजार आठ सय जनालाई सेवा दिने लक्ष्य लिएकोमा ६ महिनामा लक्ष्य भन्दा बढी विरामीहरुलाई सेवा दिएको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिएका छन् ।
सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवालले आँखा अस्पतालमा रहेका सेवा सुविधा तथा थप आवश्यक पर्ने उपकरणहरुको वारेमा जानकारी गराएकी थिइन् । कटुवालले अन्य अस्पताल सहरह सेवा सुविधाहरु दिनका लागि सुविधा सम्पन्न मेसिन औजारहरु ल्याउनुपर्ने बताईन । उनले हाल भएका सेवालाई बढाउदै लैजानुपर्ने बताइन् । कार्यक्रममा राप्ती आँखा अस्पताल तथा बाहिय कार्यक्रमको वारमा जानकारी गराउदै नेत्र सहयाक सालीकराम गौतमले राप्ती आँखा अस्पतालले छ महिनाको अवधिमा ३५ हजार ८ सय ८५ जनाको आँखा चेक जाँच गर्नुका साथै विभीन्न विद्यालय तथा गाउँमा पुगी निशुल्क आँखा शिविर राखेको बताएका थिए । त्यसैगरी नेपाल नेत्रज्योति संघका सदस्य लिला शाहले नेत्र ज्योति संघका योजना र व्यवस्थापन सम्वन्धी सहभागीहरुलाई जानकारी दिएकी थिइन् ।