Indrenionline.com

असई प्रदिप खड्कालाई स्वागत

विजौरी ११ भदौ 
विजौरी उद्योग वाणिज्य संघले हेमन्तापुर प्रहरी चौकीमा आउनुभएका प्रहरी सहायक निरिक्षक प्रदिप खड्कालाई स्वागत गरेको छ । संघका अध्यक्ष कमानसिं खड्काको अध्यक्षतामा भएको कार्यक्रममा असई खड्कालाई स्वागत गरिएको हो ।feature

संघका उपाध्यक्ष पे्रमनाथ योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा वोल्ने वक्ताहरुले वढ्दै गइरहेको जनसंख्याले अपराधिक कृयाकलापमा पनि वृद्धि हुने भएकाले यसमा सवै गंभिर वन्नु पर्ने वताएका थिए । वक्ताहरुले वजौरीमा वसाइसराइ गरी आउनेहरुको संख्या तिव्र रुपमा बढिरहेको हुँदा अपराधिक घटना पनि बढेको बताएका थिए ।

कार्यक्रममा असइ खड्काले विजौरी क्षेत्र भौगोलिक रुपमा ठुलो भएकोले प्रहरी चौकीमा प्रयाप्त जनशक्ति कम भएको भन्दै सरोकारवाला हरुले सक्दो सहयोग गनुएपर्ने बताउनु भयो । सबैको सहयोगले मात्र अपराधिक कृयाकलाप रोक्नमा सफलता मिल्ने उहाँले ताउनु भयो । कार्यक्रमको सहजीकरण संघका महासचिव मुकेश वलीले गर्नु भएको विजौरी उद्योग वाणीज्य संघका प्रेस सल्लाहाकार राकेश वस्नेतले जानकारी दिनुभएको छ ।।