काठमाडौं , ११ भदौ। चितवन उद्योग संघका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी चितवनको शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग गरेका छन् ।
भेटमा प्रधानमन्त्रीले चिवतनलाई ‘औद्योगिक नगरी’ बनाउने कुरा रणनीतिक महत्वको विषय भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘चितवन औद्योगिक नगरी बनाउने प्रस्ताव धेरै रणनीतिक महत्वको कुरा हो । यसमा आवश्यक पहल गर्छु । प्रदर्शनी केन्द्रका लागि सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।’