Indrenionline.com

दुर्घटनाको २४ घण्टा नबित्दै त्रिशुलीमा फेरि अर्को दुर्घटना

त्रिशुलीमा गाडि खसेर २२ जनाको ज्यान गएको खबर सेलाउन नपाउदै त्रिशुलीमै फेरी अर्को दुर्घटना भएकोछ ।मुग्लिनबाट नारायणघाट जाँदै गरेको ना३ख ४५५६ नम्बरको ट्रक आज बिहान त्रिशुली नदिमा खसेको छ ।

Trishuli-River-696x385
फाइल तस्वीर

ट्रकमा दुई पुरुष, दुई महिला, दुई बालक र एक बालिका सवार थिए । भने सवार सबैको अबस्था सामान्य भएको र दुर्घटना के कारणले भएको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।