काठमाडौं,१० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लागुऔषध कारोवारको अभियोगमा पक्राउ परेका छन् ।
थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाखि्रन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको ब्युरो स्रातले बताएको छ ।
केहि महिना अघिमात्रै धादिङको तरुण दल अध्यक्षमा निर्वाचित भएका गुरुङले आफ्नो फेसबुक पेजमा कांगे्रस सभापति शेरबहादुर देउवा, यातायातमन्त्री रमेश लेखकलगायतका नेताहरुसँग खिचेको तस्वीरसमेत राखेका छन् ।