काठमाडौं ,१० भदौ । सरकारी क्षेत्रका विभिन्न संस्थाहरुले जलविद्युत क्षेत्रमा एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सबैभन्दा बढी कर्मचारी संचय कोषले ६७ अर्ब लगानीको प्रतिबद्धता जनाएको छ । ऊर्जा मन्त्रालयले शुक्रबार सरकारी स्वामित्वका विभिन्न लगानीकर्ता संस्था तथा कम्पनीका प्रतिनिधिहरुसँग छलफल आयोजना गरेको थियो ।
ऊर्जा मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, सामाजिक सूरक्षा कोष, जलविद्युत विकास कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा मन्त्री शर्माले लगानीको प्रतिवद्धताबाट आफू उत्साहित भएको भन्दै ठोस कार्ययोजना बनाएर अघि बढ्ने बताए ।