तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा शुक्रवार देखि नापतौल डोर टोलीले व्यवसायीहरुको नापतौलका सामाग्रीहरु चेक जांच गर्न शुरु गरेको छ ।
नापतौल क्षेत्रिय कार्यका निरिक्षक शम्भु आचार्य को नेतृत्वमा दिपा खनाल, अजिता घिमिरे र रामसुरद चौधरी सहित तुलसीपुर उद्योग वाणिज्य संघको सचिवालयको टोली नापतौल तथा व्यवस्थापनमा खटिएको छ । टोली मंगलवार सम्म तुलसीपुरमा रहने वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भटृराईले जानकारी दिनु भयो ।