Indrenionline.com

स्टेज कुइन भूमिकाले यसरी उचालिन दंगाली दर्शकलाई

कृष्ण जन्माअष्टमी २०७३ को अबसरमा रुकुमेली एकता समाज दाङले दाङको घोराहीमा आयोजनाग रेको तीज बिशेष कार्यक्रममा दङाली दर्शकहरु केन्द्रिय तथा स्थानिय कलाकार सँग दिनभर नै झुमे ।

निर्धारित समय भन्दा केहि ढिला सुरु भएको तीज बिशेष कार्यक्रमकी प्रमुख आकर्षक बनिन दङाली गायिका भूमिका गिरी  । भर्खरै मात्र तीज गित ‘ नरिसाउन कान्छु, एकैछिनलाई जान्छु, सिंगारपटार गरि आउछु ब्युटी पार्लरमा।’ भन्ने तीज गीत बजारमा लिएर चर्चा बटुलेकी भूमिकाको स्टेज तताउनमा महत्वपुर्ण भूमिका रह्यो  ।

आकर्षक ज्युडाल, साडी ,चुरा पोते र कैलो कपालमा स्टेजमा चढेकी भूमिकाले दर्शक दिर्घ मै पुगेर छम छमी नाच्दा नचाउदा आम दर्शकले भूमिकाको समर्थनमा हुटिङ्ग गरेका थिए ।

त्यस्तै कार्यक्रमका अर्का आकर्षक थिए लोक तथा दोहोरी गाएक प्रदिप रोका रोकाले पनि विभिन्न तीज तथा लोक तथा दोहोरी गित गाएर दर्शकलाई भरपुर मनोरंजन दिएका थिए ।

बर्तमान उदियमान लोक तथा दोहोरी गाएक प्रदिप रोकाले गायिका हरु भूमिका गिरी र शुशिला गौतम संग दोहोरी खेलेर आम दर्शकलाई थप मनोरंजन दिएका थिए ।

कार्यक्रममा पछिल्लो समयकी चर्चित मोडेल तथा नृत्यांगना रिना थापा मगरले छम छमी नाचेर कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन् । विभिन्न तीज तथा लोक दोहोरी गीतहरुमा शिर्ष भूमिकामा नृत्य प्रस्तुत गरिसकेकी रिनाले आफ्नो आकर्षक नृत्यद्वारा दंगाली दर्शकको मन चोर्न सफल भइन ।

सुशीला गौ तम र सरि ता रावतले पनि आफ्नो गित मार्फत दंगाली दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए । रुकुमे ली एकता समाज दाङका अध्यक्ष महे न्द्र बुढाथो कीको  अध्यक्षतामा भएको  कार्यक्रमको सञ्चालन समाजका सदस्य केशरमान बिसी र प्रकाश पुनले  गरेका थिए   ।