कुसुम बि.क. / बर्दिया
चाडपवर्ले आफैमा खुशि अनि बहारको उमंग बोकेको हुन्छ ।यहि मान्ने पालोको क्रमको पर्वमा रुपमा आज श्री कृष्ण जन्माअष्टमि पर्व परको छ । हिन्दुधर्मालम्वीहरुले यस पर्वलाई धुमधामका साथ मनाइरहेका छन् । मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो । भनिन्छ मानिसमा असल विवेकको खानी नै हुन्छ ।यति मात्र कहा होर उसमा क्षमता र बुद्धिको अथाहा भण्डार नै हुन्छ । त्यहि भएर होला समय संगै मानिस नि दिनप्रति दिन गतिशिल रुपको अवस्थामा परिर्वतन भइरहेको हुन्छ ।धर्म संस्कृति नभएको ठाउ त कहां छ र तर सबैले आ आफ्नो तरिकाले ती चालचलन र धर्मलाई अङ्गगालेका हुन्छ ।
हाम्रो समाज हाम्रो देश हामो नेपाल चार जात छत्तिस बर्णको साझ फुलबारी यो आफैमा सुन्दर छ । हरियाली छ सौहादपूण बाताबरण छ । यहि समाज हो जहा धेरै थरिका मानिस हरु बसोबास गर्छन । यहि ठाउमा सबैले एउटै धर्म मान्दैनन् । तर कुरा सहि यो हो सबैको एउटै उदेश्य चाहि सत्य बोल्नु हिंसा नगर्नु शान्ति सुन्दर समाज निमार्ण गर्नु समाजमा मिलेर बस्नु इत्यादि सबैले एक अर्काको सम्मान गर्नु हो भन्ने कुरा सुन्न मा आउछ ।धर्मलाइ मान्ने तरिका फरक हो यति मात्र फरक छ । आखिर मान्नत सबैले मान्छन् नि कुरा यहि हो ।
हामी नेपाली हामी हाम्रा चाल चलन नि यस्तै तरिका बाट मनाउछौ ।आज श्री कृष्णजन्माष्टमी यहि पर्ब हो । चौधरी समुदायले छुट्टै र पहाडि समुदाय छुट्टै तरिकाले मनाउने गरिन्छ । हामी एकै समाजमा बस्छौ मिलेर बसेका हुन्छौ तर हाम्रा चाडपर्व मनाउने तरिका फरक छन् । आजका दिन थारु समुदाय ब्रत बसि पुजा अर्चना गर्ने घरमा राखिउको डेरी विभिन्न भगवान चित्र बनाई पुजा पाठ गर्ने चलन रहेको छ ।यता समाज एउटै छ ।यहि ठाउमा बसोबास गर्छ तर उसले मनाउने पर्व अलि फरक छ हातमा मुरली शिरमा मयुरको प्वांख शितल बगैचा मुनि जीवजन्तुको साथमा गोपिनप्हरुको मायामा बांसुरीको मधूर धुन यस्तै वाताबरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैका दिन मामा कंशको कैदमा रहेका पिता बासुदेव र माता देवकीको गर्भबाट वहाको जन्म भउको मान्यता रहि आएको छ ।
आज भगवान लाई संसारभरका हिन्दु धर्मालम्वीले अनि श्री कृष्णका भक्तजनहरुले आज उनकै जन्मदिनको अवसर पारेर यो पर्व मनाइरहेका छन् ।उनको बासुरी धुनले त झनै सबैको मन लोभिने गरेको उनको सम्झनामा भक्तजनहरु आज ब्रत बसि पुजा पाठ गरी आज बेलुका जागराम बसि भजन किर्तन गर्ने चलन रहेको बताइने गरिन्छ ।खासमा आजको दिनमा ब्रत बस्दा घरमा सुख शान्ति हुने ।कृष्ण जस्तो पुत्र लाभ हुने मनमा शान्ति हुने वा उनको जन्मदिन पारेर बस्ने चलन छ ।स्वास्थ्यका लागि हप्तामा एक दिन उपबास अथवा ब्रत बस्दा राम्रो हुने बैज्ञानिकहरु पनि बताउछन् । तर आफ्नो स्वास्थ्य ठिक छैन सकिदैन भने ब्रत बस्नु पर्ने भनेर कहि कतै छैन बस्न सकिन्छ भने बस्ने बस्न सकिदैन भने नबस्ने ठुलाबडाले बताउछन् ।
नेपाली तिथीमिति अनुसार आज भदौ महिनाको भाद्र कृष्ण अष्टमी तिथी आजैका दिन कृष्ण जन्मेको अवसर पारेर उनैकै महिमा मा पुजा पाठ गरिन्छ । आज देशका विभिन्न कृष्ण मन्दिर हरुमा बिहान देखि नै पुजापाठ गर्नेको घुइचो लागेको पाइन्छ । यस्तै बर्दियाको गुलरियामा रहेको श्री कृष्ण पानचायन मन्दिरमा पनि आज बिहान देखि नै सद्धालुभक्तजन हरुको भिड लागेको बताइएको छ ।दिनभरी पुजा पाठ हुने छ भने उक्त मन्दिरमा बेलुका पख सधैको श्री कृष्ण जन्माअष्टमि जस्तै यो पटक नि भजन किर्तन हुने मन्दिर संचालक माधव कुवरले बताउनु भएको छ ।
साच्चै भन्नु पर्दा चाडपर्व मनाउनु पर्छ । मनाउदा आफैमा हर्ष उल्लास वाताबरण सृजना गरी आफन्त घर पविारमा सुख शान्तिको मनाउदा धेरै राम्रो तर तडगभडक किसिमले मनाउदा समाज आफन्तमा झै झगडा हुने तरिकाले मनाउदा सबैलाई असर पुराउछ । त्यसैले सधै एक असल मानिस बनौ अरुलाई पनि आफुजस्तो बन्न सिकौउ र सिकायौ भने पछिका पिडीलाई एउटा सिकाइ हुनेथियो ।
समाजमा अनावसेक रुपमा चाडपर्वमा गरिने खर्च भन्दा सामाजिक काममा लगाउ दुखि गरिव असायको सहारा बनौ उनीहरुको जिवनमा तपाइहामी सबैको सानो सहयोगले सुखि मिल्छ भने यस्ता काममा पछि होइन अघि सरौ कृष्षजन्माअष्टमि ,तिज,दशै र तिहार जस्ता पर्वमा हामीले गर्ने खर्च जोगाएर कसैलाई सहयोग गरेउ भने तपाइले भगवानको पुजा गरि रहन पर्दैन , तपाइको पुजा सधै अरुले गर्ने छन् । सरल तरिकाले मनाउनुस पर्व सहज तरिकाले जिउनु जिवनमा वास्तवमा जिवन त्यहि हो त्यसैमा आनन्द यसैमा छ ।सबैको प्रिय पात्रो बन्नुस जिउन भर तपाइको पुजा हुनेछ ।एउटा कृष्ण होइन हजार असल अनि राम्रा समाजमा कृष्णको जन्म हुनेछ ।