जाजरकोट, ९ भदौ ।
जाजरककोटको अर्छानी गाविस वडानं. १ भौतामा वुधवार साँझ चट्याङ लागेर तीन पशु चौपाया मरेका छन ।
अर्छानी १ भौताका मदन बहादुर वुढाको घर नजिकै गोठमा वाधिएका दुई गोरु र एक गाई वेलुका चट्याङ लागेर मरेको त्यहावाट स्थानिय गोरख वहादुर सिंहले वताए ।
कृषि पेशामा रहेका वुढाका लागि निकै महत्वपूर्ण पशु धनका रुपमा रहेका गोरु चट्याङ लागेर मरेपछि वुढा निकै चिन्तित वनेका छन् ।।