Indrenionline.com

खेतीयोग्य जमिन ६ वर्षदेखि बाँझै

सल्यान, ९ भदौ । 
सडक मर्मतका क्रममा सिचाँइ कुलोमा क्षति पुगेपछि सल्यान मूलखोला–४ को खेतीयोग्य जमिन ६ वर्षदेखि बाँझैं रहेको छ । जिउलागाउँ शंखपिपलमा रहेको सिचाइ कुलोमा सल्ली–चौहरजारी सडक र स्थानीय खैरागाड उचाल्ने सडक निर्माण गर्दा क्षति पुगेको थियो ।slider_253

५ सय रोपनी भन्दा बढी खेतीयोग्य जमिन बाँझो हुँदा दुई सय घरधुरी ६ वर्षदेखि प्रत्यक्ष मारमा परेका छन । खाद्यवाली र तरकारी खेतीको लागि उर्वरभूमि रहेको जमिन बाँझै रहँदा किसानले बेसाहा गरेर दैनिकी धान्दै आएका छन ।

सडक निर्माणले सिंचाई कुलो कटान र पटान गरेपछि छ वर्ष देखि जमिन बाँझो रहेको किसान कञ्चन विष्टले बताउनुभयो । सडक निर्माणको जिम्मा पाएका ठेकेदारले कुलो मर्मत गरिदिने भनेर प्रतिबद्धता जनाए पनि सडकको काम सकेर सिंचाई कुलो मर्मत नगरी ठेकेदार भागेको स्थानीयको भनाइ छ ।

कुलो मर्मतका लागि जिल्ला विकास समिति गाविस सबैसँग सहयोगका लागी पहल गरेपनि कतै कहींबाट केही सहयोग नपाएपछि त्यहाँका किसानले खेतीपाती गर्न ससेका छैनन । उक्त सडकका कारण देवस्थलको चनेरी खोला आसपासमा दुई सय रोपनी खेतीयोग्य जमिन पनि बाँझै छ ।।