Indrenionline.com

बिद्युत बितरण केन्द्र घोराहीको २ करोड ३२ लाख ७२ हजार बक्यौता

रेणु डिसी 
घोराही, ९ भदौ
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीले करिब २ करोड ३२ लाख रुपैयाँ बढी महशुल उठाउन सकेको छैन् । बितेको आर्थीक बर्ष २०७२÷७३ सम्ममा २ करोड ३२ लाख ७२ हजार २ सय ४३ रुपैयाँ २५ पैसा बिद्युत प्रयोग गरे बापतको रकम उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ । त्यस मध्य सरकारी कार्यालयको ८ लाख ९३ हजार २ सय २२ रुपैयाँ ७७ पैसा, ठूला उद्योगको २५ लाख २५ हजार ६ सय ७४ रुपैयाँ, साना उद्योगको १२ लाख ५९ हजार ६ सय ८० रुपैयाँ ५८ पैसा र निजि घरबाट १ करोड ७५ लाख ५३ हजार २ सय ४३ रुपैयाँ बिद्युत महशुल उठ्न बाँकी रहेको केन्द्रका निमित्त प्रमुख प्रमोदकुमार सिंहले जानकारी दिनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराही मातहतमा ३ नगरपालीका र १८ गाबिसमा गरि ४२ हजार ६ सय २४ उपभोक्ताहरु रहेका छन् । विद्युत उपभोग गर्ने तर महशुल नबुझाउने उपभोक्ताहरुको लाईन काट्न सुरु गरिएको सिंहले बताउनुभयो ।

कर्मचारीको अभाबले महशुल उठाउन नसकिएको र उपभोक्ताहरुले पनि आफ्नो जिम्मेवारी पुरा नगर्दा बक्यौता रकम बढ्दै गएको केन्द्रको भनाई छ । उर्जा मन्त्रालयको निर्देशन अनुसार महशुल नबुझाउने ५४ जना उपभोक्ताहरुको लाईन काटिएको उहाँले जानकारी दिनुभयो ।।