८ भदौ, काठमाडौं ।
आफ्नो समूहको सम्मानजनक सहभागी नभएको भन्दै नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले मन्त्रीहरुको नाम दिन अस्वीकार गरेको छ ।
बुधबार अपराहृन बसेको पौडेल समूहको बैठकले आफ्नो समूहबाट मन्त्रीहरु नपठाउने निर्णय गरेको छ ।
नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले चार मन्त्रीको नाम दिन प्रस्ताव गरेका छन् । तर, पौडेलले भने आफू समूहबाट ५ मन्त्री र त्यति नै राज्यमन्त्री बनाउनु पर्ने माग गरेका छन् ।।