गोविन्द खड्का
घोराही, ८ भदौ
जिल्ला भुमिसुधार कार्यालय घोराहीमा लामो समय बहालमा रहेका पुर्व कर्मचारी श्रीमन गौतम वकिलको नाउमा दलाली गर्न लागेका छन् । गत माघमा अबकास लिएका गौतम अहिले वकिल हँु भन्दै फाईल खोतल्न थालेका छन् । उनले नासु पदमा रहि काम गरेर अन्तमा एक तह शाखा अधिकृतमा बढुवा भई अबकास लिएका थिए ।

आपसमा खसखुस गर्छन् । मुखै फोडेर भन्न सकेका छैनन् । यस विषयमा गौतमलाई फोन मार्फत बुझ्न खोज्दा ‘लेख्ने गरेको छु’ गौतमले भन्नुभयो ‘अदालतको न्याधिसलाई सोधेर गरेको हु“’ यद्यपि ति न्याधिशको नाम भुलेको गौतमले बताउनु भयो । मालपोतमा जाने देखि भुमिसुधारमा गरीने सबै काम गरेको गौतमको भनाई छ । आफु सुगरको रोगि भएकाले घरमा बसेर झन् बढ्ला भनि व्यस्त हुन लेखापढिमा लागेको बताउनुभयो । तर हाकिम भएर काम गरेको क्षेत्रमा अबकास पछि बिचौलिया बनेर यसरी काम गरेको रेकर्ड अन्त भेटिन्न ।
सेवाग्राहीले भने बिगारी दिन्छ कि भनी चिन्ता गरेका छन् । मोहि देखि हरेक खालका मुद्धामा गडबडि हुन सक्ने उनिहरुको गुणासो छ । उनि मार्फत काम नगर्नेको विगारी दिने होकि भन्ने संकाले त्रसीत छन् । लामो समय जिम्मेवार पदमा रहि काम गरेकाले यसरी फेरी फाईल खोतल्न लागे बिकृति फैलिने एक सेवा ग्राहीले बताए । सबै कार्यालयमा यहि नियम हो भने धेरैले दुःख पाउने तिनले चिन्ता व्यक्त गरे । यस विषयमा आफु संग पनि गुणासा आएको जिल्ला वार एसोसियसनका अध्यक्ष भुप बहादुर केसिको भनाई छ ।
‘जिल्ला अदालत बाट लेखपढि गर्ने लाईसेन्स प्राप्त गरेर कुनै फर्ममा सहयोग गर्न जसले पनि पाउछ’ प्रमाणपत्र लिएको बारेमा आफुलाई थाह नभएको बताउने अध्यक्ष केसिले भन्नुभयो ‘वहाको लाईसेन्सका बारेमा मलाई थाह भैन ।’ तर आफै कार्यरत कार्यालयमा लेखपढिका नाममा अबकास पछि धाउनु नैतिक हिसावमा पनि ठिक होईन । यहि विषयमा बुझ्न खोज्दा मालपोत कार्यालय प्रमुख लालमणि ओझा संग सम्पर्क हुन सकेन । उनले काम गर्ने भनिएको लम्साल लफर्म संग पनि सम्पर्क हुन सकिन ।।