तुलसीपुर ८ भदौ
विजौरी १ दुधरासमा रहेको जनकल्याण उच्च माध्यमिक वीद्यलयको भवनमा ट्रक ठोकीदा विद्यालयको ४ कोठामा पुर्ण रुपमा क्षेती पुगेको छ । तुलसीपुरवाट घोराहि तिर जाँदै गरको लु १ ख ६६०६ नम्मरको ट्रक हिजो वेलुका विद्यालयको उत्तरतिरको भवनमा ठोकीदा क्षेती भएको विद्यनलयले वताएको छ ।
ट्रक भवनमा ठोकीदा चालक र सहचालक सामान्य घाइत्ये भएकाले उपचारका लागी घोरही गाएको र अहिले सम्म सम्पर्कमा नआएका कारण चालकको परिचय खुल्न नसकेको हेमन्तापुर प्रहरी चौकीका असई प्रदिप खड्काले जानकारी दिनु भएको छ ।
विद्यालयको ४ कोठामा पुर्णरुपले क्षेती भएको र उत्तरतिरका अरु कोठा चर्किएकाले कक्षा ५ सम्मको पाढाई आजलाई वन्द गरीएको विद्यालयका शिक्षक केवल डाँगीले जानकारी दिनु भएको छ ।।