दाङ, ८ भदौ ।
दाङमा प्रहरीले बुवाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । यहि भदौ १ गते दाङ हाँसीपुर गाविस २ बस्ने २७ वर्षका मोहम्मद हसन मियाले बुवा ५५ वर्षका अमिन मियाको हत्या गरेका थिए । पारिवारिक विवादको कारण मियाँले वुवालाई काठको चिरपटले प्रहार गर्दा घटनास्थलमा नै मृत्यू भएको प्रहरीले वताएको छ ।
प्रहरी हिरासतमा रहेका अभियुक्त मियाँले पारीवारिक विवाद हुँदा बुवाले आफुलाई हिर्काएको र त्यसपछि आफुले पनि दाउराले हिर्काउदा बुबाको घटनास्थमा नै मृत्यु भएको वयान दिएका छन । साथै अभियुक्तले अपराध स्वीकार गरेको र थप अनुसन्धान भईरहेको एसपी सिंहले वताउनुभयो ।।