नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट स्थानीय समय स् बिहान ३ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पकको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए । तर अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन ।
