प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पहलमा मङ्गलबार प्रतिपक्षी दलहरूबीच पहिलो बैठक सम्पन्न भएको छ । बैठकले राजनीतिक र समसामयिक विषयमा साझा धारणा तयार पार्न नियमित छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
अघिल्लो सरकारले संविधान कार्यान्वयनका लागि ल्याएको कार्यतालिकाको बटमलाइन कार्यान्वयनका लागि प्रतिपक्ष दलहरूले सरकारलाई दबाब दिने पनि समझदारी गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान कार्यान्वयन राष्ट्रिय हित र सार्वभौमिकतामा सबै दलको एकै धारणा तयार पार्न छलफल पहल गरेको जानकारी दिनुभयो ।
