Indrenionline.com

आज कांग्रेसबाट ११ मन्त्री थपिँदै

काठमाडौं–नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरको नाम (आज) बुधबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री बन्नेको नाम टुंगो लागिसकेको भन्दै बुधबार मन्त्रीमण्डल विस्तार हुने बताए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाका अनुसार मन्त्री छनोटमा पार्टीमा कुनै विवाद नभएको र आजनै आफ्नो तर्फबाट मन्त्रीको नाम प्रचण्डलाइ बुझाउने तयारी रहेको बताएपनि मन्त्री को को बन्दैछन भन्ने कुरा बताएनन।