वालमितेरी उच्चमाविमा भोजपुरमा मङगलवार नयाँशक्ति नेपाल निकट विद्यार्थी युनियनको एकाई गठन भएको छ । विद्यार्थी लक्ष्मी गिरीको संयोजक्त्वमा ७१सदस्य विद्यार्थी युनियनको ईकाइ गठन भएको हो ।
यसअघि विद्यार्थी युनियनका जिल्ला सदस्य चेतवहादुर केसीको अध्यक्षता तथा जिल्ला संयोजक कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी भेलाले वालमितेरी उच्चमावि भोजपुरमा विद्यार्थी युनियनको ईकाइ कमिटि गठन गरेको हो । विद्यार्थी युनियनको ईकाई गठनलाई जिल्लामा अभियानकै रुपमा लगिएको नयाँ शक्ति नेपाल निकट विद्यार्थी युनियनका जिल्ला संयोजक कृष्ण न्यौपानेले जानकारी दिए ।